नियम ४८
हवाई उडान योग्यताको प्रमाणपत्रको मान्यता फिर्ता लिन सकिने

(१) नियम ४७ बमोजिम े मान्यता प्रदान गरिएको हवाई उडान योग्यताको प्रमाणपत्र प्राप्त वायुयानलाई त्यस्तो मान्यता प्रदान गर्दा उल्लेख भएको शर्त, गैर सैनिक हवाई उडान सम्बन्धी प्रचलित कानून, यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लिखित शर्त विपरित उडान गरेमा महानिर्देशकले त्यस्तो वायुयानको सम्बन्धमा दिइएको हवाई उडान योग्यताको प्रमाणपत्रको मान्यता फिर्ता लिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम हवाई उडान योग्यताको प्रमाणपत्रमा मान्यता फिर्ता लिनु अघि सम्बन्धित वायुयान धनी वा सञ्चालकलाई सफाई पेश गर्ने मनासिव माफिकको मौका दिनु पर्नेछ ।